सभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज
सारांश
- प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ।
- सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
काठमाडौँ । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गरिने जानकारी दिएको हो ।
तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ। चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो ।
प्रतिनिधिसभामा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण