सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

ऊर्जा लागत घटाउन मलेसियामा सरकारी कर्मचारीलाई ‘वर्क फ्रम होम’ निर्देशन

शुक्रबार, २० चैत २०८२, ०७ : ५८
शुक्रबार, २० चैत २०८२

सारांश

  • मलेसिया सरकारले ऊर्जा खर्च घटाउन सरकारी कर्मचारीहरूका लागि वर्क फ्रम होम नीति लागू गर्ने भएको छ।
  • यो व्यवस्था आगामी अप्रिल १५ देखि सरकारी मन्त्रालय र निकायहरूमा लागू हुनेछ।

क्वालालम्पुर । मलेशियाको सरकारले ऊर्जाको खर्च घटाउने उद्देश्यले सरकारी कर्मचारीहरूलाई घरबाट काम (वर्क फ्रम होम) गर्ने नयाँ नीति लागू गर्ने भएको छ । प्रधानमन्त्री अनवर इब्राहिमले आगामी अप्रिल १५ देखि सरकारका मन्त्रालय, निकाय तथा सरकारसम्बद्ध कम्पनीहरूमा कार्यरत कर्मचारीका लागि यो व्यवस्था लागू हुने जानकारी दिएका छन् ।

‘यसको मुख्य उद्देश्य इन्धन खपत घटाउनु र ऊर्जा आपूर्तिको दिगोपना सुनिश्चित गर्नु हो,’ प्रधानमन्त्री अनवरले गए राति जारी गरेको वक्तव्यमा उल्लेख छ । उनका अनुसार, नीतिसम्बन्धी थप विवरण आगामी हप्ताहरूमा सार्वजनिक गरिनेछ । साथै, सरकारी स्वामित्वको तेल कम्पनी पेट्रोनास लगायत अन्य निकायहरूले इन्धन र विद्युत् आपूर्ति सुरक्षित गर्न सक्रिय रूपमा काम गरिरहेका छन् ।

मलेसियाले इन्धनको मूल्य स्थिर राख्न हाल मासिक करिब १ अर्ब डलर बराबरको अनुदान खर्च गर्दै आएको छ । नयाँ नीतिले ऊर्जा खपत घटाउन र आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप