बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

विश्वकप फाइनलमा टिकटको मूल्य ११ हजार डलर

शुक्रबार, २० चैत २०८२, १० : ४२
शुक्रबार, २० चैत २०८२

सारांश

  • सन् २०२६ को फिफा विश्वकपको फाइनल खेलको टिकटको मूल्य ११ हजार डलरसम्म पुगेको छ।
  • फिफाले यसपटक मागअनुसार मूल्य परिवर्तन हुने 'डाइनामिक प्राइसिङ' प्रणाली प्रयोग गरेको छ।

वासिङ्टन डीसी । सन् २०२६ को फिफा विश्वकपको टिकटको खुला बिक्री भएको छ । प्रतियोगिताको फाइनलमा एउटा टिकटका लागि फिफाले १० हजार ९९० डलर मूल्य तोकेको हो । 

फाइनल हेर्न चाहने दर्शकले अधिकतम १० हजार ९९० अमेरिकी डलर तिर्नुपर्ने देखिएको छ । टिकटको यो मूल्य फुटबल इतिहासकै सबैभन्दा महँगो (सामान्य टिकट) मध्ये एक मानिएको छ ।

यसअघि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा प्रस्तुत गरेको विश्वकप प्रस्तावमा फाइनल टिकटको अधिकतम मूल्य १ हजार ५५० डलर रहने बताइएको थियो । तर डिसेम्बरमा समर्थक क्लब सदस्यका लागि खुलाइएको टिकटमा नै उच्चतम मूल्य ८ हजार ६८० डलरसम्म बिक्री भयो । अहिलेको खुला बिक्रीमा त्यो मूल्य अझै बढाइएको छ ।

कतारमा आयोजित फिफा विश्वकप सन् २०२२ को फाइनलमा सबैभन्दा महँगो टिकट करिब १ हजार ६०४ डलर मात्र थियो । टिकटको मूल्य निर्धारणबारे फिफाले स्पष्ट संरचना सार्वजनिक नगरेकाले वास्तविक मूल्य कति हुन सक्छ भन्ने बुझ्न कठिन भएको छ । यसपटक ‘डाइनामिक प्राइसिङ’ प्रणाली प्रयोग गरिएको छ, जसमा मागअनुसार प्रत्येक चरणमा टिकट मूल्य परिवर्तन हुन्छ ।

गत वर्ष प्रारम्भिक टिकटको मूल्य सार्वजनिक हुँदा त्यसलाई ठुलो धोका भनेर आलोचना गरिएको थियो । यद्यपि, केही सीमित टिकट ६० डलरमै उपलब्ध गराइएको पनि फिफाले जनाएको थियो । 

बुधवार पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको बिक्रीले आयोजकले निर्धारण गरेको वास्तविक मूल्यको झल्को दिएको छ । यसले आगामी विश्वकप हेर्न चाहने समर्थकका लागि लागत निकै महँगो हुने सङ्केत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप