नागरिक संरचनामा आक्रमण गरेर इरानीलाई घुँडा टेकाउन सकिँदैन : मन्त्री अराघची
सारांश
- इरानका विदेशमन्त्री अब्बास अराघचीले नागरिक संरचनामाथिको आक्रमणले इरानी जनतालाई घुँडा टेकाउन नसक्ने बताएका छन्।
- उनले यस्तो आक्रमणले सैन्य सफलता नभई अमेरिकाको अन्तर्राष्ट्रिय छविमा क्षति पुर्याउने दाबी गरेका छन्।
- विदेशमन्त्री अराघचीले अमेरिकी राष्ट्रपति ट्रम्पको ढुङ्गे युगमा फर्काउने चेतावनीको पनि कडा प्रतिवाद गरेका छन्।
तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले नागरिक संरचनामाथि गरिने आक्रमणले इरानी जनतालाई आत्मसमर्पण गर्न बाध्य नबनाउने बताएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै यस्तो आक्रमणले अव्यवस्थित शत्रुको हार र नैतिक पतन मात्र देखाउने टिप्पणी गरेका छन् ।
कराजमा निर्माणाधीन पुलमा भएको हवाई आक्रमणको सन्दर्भमा बोल्दै यस्तो कदमले कुनै सैन्य सफलता नभई केवल नकारात्मक सन्देश दिने उनले बताए । साथै, यसले अमेरिकाको अन्तर्राष्ट्रिय छविमा अपूरणीय क्षति पुर्याउने दाबी पनि उनको छ ।
अराघचीले अर्काे पोस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्टोन एज (ढुङ्गे युग) मा फर्काउने चेतावनी दिएको भनाइप्रति पनि प्रतिक्रिया दिएका छन् ।
‘त्यो समयमा पश्चिम एसियामा तेल र ग्यास उत्पादन भइरहेको थिएन,’ उनले प्रश्न गर्दै भने– ‘अमेरिकी राष्ट्रपति र उनलाई भोट हालेर जिताउने नागरिकहरू वास्तवमै समयलाई पछाडि फर्काउन चाहन्छन् ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण