आगामी आर्थिक वर्षको बजेट लेख्न समिति गठन
सारांश
- सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ।
- अर्थ मन्त्रालयले राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेको छ।
- उक्त समितिले बजेट वक्तव्यको मस्यौदा तयार पार्नुका साथै बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्ने जिम्मेवारी पाएको छ।
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ ।
अर्थ मन्त्रालयले बजेट निर्माणका लागि बजेट लेखन समिति गठन गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्ने र बजेटका सिद्धान्त एवं प्राथमिकताहरू निर्धारण गर्ने मुख्य जिम्मेवारीसहित राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा समिति बनाइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । उक्त समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूलाई सदस्यका रूपमा चयन गरिएको छ ।
समितिको सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा.धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।
यो समितिले मुख्य गरी आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने आयोजना एवं कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्य गर्नेछ ।
सङ्घीय संसद्का दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा लेखन कार्य पनि यसै टोलीले गर्ने छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा पेस गर्ने बजेट वक्तव्यको अन्तिम मस्यौदा तयार गरी पेस गर्ने कार्यभार समेत यस समितिलाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण