च्यासलमा झन्डै चार घण्टादेखि एमाले बैठक जारी
सारांश
- नेकपा एमालेको आकस्मिक सचिवालय बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा झन्डै चार घण्टादेखि जारी रहेको छ।
- बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलले बिहीबार संसदमा दिएको विवादित अभिव्यक्तिबारे मुख्य छलफल भइरहेको छ।
काठमाडौँ । नेकपा एमालेको आकस्मिक सचिवालय बैठक झन्डै ४ घण्टादेखि जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलले संसदमा बिहीबार दिएको अभिव्यक्तिबारे मुख्य रूपमा छलफल भइरहेको बताइएको छ ।
‘त्यसबाहेक अन्य विषयहरूमा पनि छलफल भइरहेको छ’, एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले भने, ‘झन्डै ४ घण्टादेखि बैठक जारी नै छ ।’
बैठक दिउँसो १ बजे सुरु भएको हो । उपाध्यक्ष तथा संसदीय दलका नेता थापाले प्रतिनिधि सभाको बिहीबार बसेको पहिलो बैठकमा फागुन २१ को निर्वाचनमा सेना, कर्मचारीसहित देशी विदेशी सङ्घ–संस्थाले समेत रास्वपालाई विजयी गराउन निर्णायक भूमिका खेलेको तथ्यहरूले देखाएको बताएका थिए ।
बादलको उक्त अभिव्यक्तिप्रति पार्टीकै नेता कार्यकर्ताहरूले चर्को विरोध गरेका थिए । त्यसबारेमा सचिवालयमा छलफल हुने अर्का उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमार्फत जनाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण