सरकार देशमा थिति बसाउने काममा लागिपरेको छ : अर्थमन्त्री
सारांश
- अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकार देशमा सुशासन कायम गर्दै थिति बसाउने काममा लागिपरेको बताएका छन् ।
- उनले उद्योगीहरूको गुनासोलाई सम्बोधन गर्दै कर प्रक्रिया र झन्झटिलो कानुनी व्यवस्थामा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
- सरकारले मध्यम वर्गका लागि शिक्षा र स्वास्थ्यमा विशेष सुविधा दिने गरी गृहकार्य अगाडि बढाएको उनले जानकारी दिए ।
वीरगन्ज । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकार देशमा थिति बसाउने काममा लागिपरेको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घले शुक्रबार आयोजना गरेको आर्थिक ०८३/०८४ को पूर्व बजेट सम्बन्धीको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
सुशासन सरकारको मुख्य उद्देश्य रहेको समेत बताए । आर्थिक दृष्टिकोणले देशमा अहिले धेरै नियम कानुन, नियमावली झन्झटिलो रहेको उद्याेगीहरुको गुनासोलाई सम्बोधन हुने काम भइरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ ।
कर प्रक्रिया, ऐन, नियमावलीमा देखिएका झन्झटिला समस्याहरू तत्काल समाधान गरी सेटिङ बिनाको काम हुने माहोल बनाउन सरकार दत्तचित्त भएर अघि बढिरहेका उनले बताए । व्यापारीहरूलाई करको बोझ घटाउने, विभिन्न अड्डामा हुने हैरानी झन्झटलाई सकेसम्म न्यूनीकरण गर्ने योजनामा सरकार लागिपरेको उनले बताए ।
यसैको जेनजी मूभमेन्ट भएकोले त्यसको मर्म अनुसार सरकार काम गर्न कुनै कसर बाँकी नराख्ने अर्थमन्त्री वाग्लेले ठोकुवा गरे ।
उनका अनुसार मध्यम वर्गका लागि शिक्षा र स्वास्थ्यमा विशेष सुविधा दिने गरी गृहकार्य अगाडि बढाइएको छ । जनादेशलाई न्याय दिने काम गर्ने नयाँ सरकारको धारणा रहेको उनले प्रष्टयाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण