एमालेले भन्यो– दल नेताको निर्वाचनमा हस्तक्षेप भएको छैन
सारांश
- नेकपा एमालेले संसदीय दलको नेताको निर्वाचन दलको विधान र लोकतान्त्रिक विधि अनुसार सम्पन्न भएको प्रस्ट पारेको छ।
- पार्टीले उक्त निर्वाचनमा कुनै पनि प्रकारको हस्तक्षेप वा नियन्त्रण नभएको जनाएको छ।
काठमाडौँ । नेकपा एमालेले चैत १८ गते सम्पन्न नेकपा (एमाले), संसदीय दल नेताको निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरू प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले दल नेताको निर्वाचन दलको विधान बमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको पनि प्रस्ट पारेको छ ।
‘निर्वाचन समितिले निर्धारित प्रक्रिया पुरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो’, बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै बैठकले उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन भन्ने प्रस्ट पारेको पनि एमालेले जनाएको छ ।
‘यो कुरा सबैलाई स्पष्ट पार्न चाहन्छ । र, लोकतान्त्रिक विधिबाट तय भएको यस निर्णयलाई सम्मान गर्न र सार्वजनिक रूपमा अन्यथा टिप्पणी वा गतिविधि नगर्न समस्त पार्टी पङ्क्तिलाई आह्वान गर्दछ । यस निर्वाचनका सम्बन्धमा पार्टी पङ्क्ति, खासगरी युवा पङ्क्तिबाट प्राप्त भएका सकारात्मक सुझावहरूलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ’, एमालेले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण