बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

एमालेले गर्‍यो विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्धको विरोध

शुक्रबार, २० चैत २०८२, २० : २५
शुक्रबार, २० चैत २०८२

सारांश

  • नेकपा एमालेले सरकारले विद्यार्थी सङ्गठनमाथि लगाएको प्रतिबन्धको कडा विरोध गरेको छ।
  • पार्टीले संसदीय दलको नेता चयन प्रक्रियामा कुनै बाह्य हस्तक्षेप नभएको स्पष्ट पारेको छ।
  • बैठकले पार्टीका नेता विरुद्ध भइरहेको साइबर आक्रमणको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।

काठमाडौँ । नेकपा एमालेले सरकारले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसको कडा विरोध गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यवाहक अध्यक्ष राम बहादुर थापा‘बादल’को अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णयको विरोध गरेको हो । 

पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरिएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको पनि स्पष्ट पारेको छ ।

बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरू विरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको भर्त्सना गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग समेत गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप