ओली पक्राउबारे गृहमन्त्रीले सर्वोच्चमा के दिए जवाफ ?
सारांश
- गृहमन्त्री सुधन गुरुङले केपी शर्मा ओलीको पक्राउबारे सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्।
- कानुनी प्रक्रिया पूरा गरेरै पक्राउ गरिएको भन्दै उनले रिट निवेदन खारेज गर्न माग गरेका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्।
ओलीले आफूलाई गैरकानुनी पक्राउ गरिएको भन्दै सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा गृहमन्त्री गुरुङले शुक्रबार लिखित जवाफ पेस गरेका हुन्।
मन्त्री गुरुङले जाँचबुझ आयोगको सिफारिस र जाहेरी सम्बन्धमा अनुसन्धानका लागि अधिकारप्राप्त अधिकारीबाट कानुन बमोजिम पक्राउ पुर्जी जारी भएको लिखित जवाफ सर्वोच्च अदालतमा पेस गरेका छन् ।
ओलीलाई गलत वा अन्य कुनै कारणले पक्राउ गरिएको भन्न नमिल्ने गुरुङले लिखित जवाफमा उल्लेख गरेका छन् ।
गुरुङले अगाडि भनेका छन्,‘प्रचलित कानुनले कसुर मानेको कार्यका सम्बन्धमा कानुनी प्रक्रिया पूरा गरी सक्षम अदालतको अनुमति प्राप्त गरी अभियोगका सम्बन्धमा अनुसन्धान भएको कार्यलाई गैरकानुनी किसिमले पक्राउ गरी थुनामा राखिएको भन्ने दाबी कानुनसम्मत नभएको हुँदा रिट निवेदन खारेजभागी छ, खारेज गरिपाऊँ।’
चैत १६ गते ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग जवाफ मागेको थियो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अनुसन्धान गर्न गठित पूर्वन्यायाधीश गाैरी बहादुर कार्की नेतृत्वकाे जाँचबुझ प्रतिवेदन बालेन शाह नेतृत्वको सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको थियो। साेही अनुरुप तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण