बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने

शनिबार, २१ चैत २०८२, ०५ : ११
शनिबार, २१ चैत २०८२

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा चार घण्टा बिजुली कटौती गर्ने भएको छ।
  • बानेश्वर वितरण केन्द्रअन्तर्गतका नरेफाट, सिसिआरसी कलेज र सूर्यकोटमार्ग क्षेत्रमा पोल परिवर्तनको काम गरिनेछ।
  • बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज (शनिबार) बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो ।

सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुनेछ । बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप