विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
सारांश
- म्याग्दीको धौलागिरि माध्यमिक विद्यालयमा कक्षा ८, ९ र ११ का २० जना विद्यार्थीलाई १९ दिने हातेट्याक्टर मर्मत तालिम दिइएको छ ।
- बेनी नगरपालिकाको 'हामी सक्छौँ, हामी गर्छौं' कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै व्यावसायिक सीप सिकाउन यो तालिम सञ्चालन गरिएको हो ।
- नगरपालिकाले १६ वटा विद्यालयका विद्यार्थीलाई सीप र श्रमसँग जोड्न यस वर्ष बजेट उपलब्ध गराएर विभिन्न तालिम सञ्चालन गरिरहेको छ ।
म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग हुने हाते ट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन भएको हो ।
कक्षा ८, ९ र ११ का २० जना विद्यार्थीहरुका लागि १९ दिने हाते ट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष अणबहादुर खड्का (भगवान)ले जानकारी दिए ।
“खेतबारी खनजोतमा गोरुको विकल्पमा प्रयोग भइरहेको हाते ट्याक्टरमा समस्या आउँदा मर्मत गर्ने जनशक्ति गाउँघरमै तयार पार्न परीक्षापछिको फुर्सदको समयमा तालिम दिएका हौँ”, उनले भने, “सीप सिकेपछि विद्यार्थीहरुलाई दैनिक जीवनका साथै पेसा, व्यवसाय गर्न प्रेरित गर्न सीपमूलक तालिम दिने गरेका छौँ ।”
यसअघि विद्यार्थीहरुलाई च्याउखेती, अतिथि सत्कार, रङरोगन र मुढा बुन्ने तालिम दिइएको थियो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न १६ वटा विद्यालयका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
‘हाउस वायरिङ’, ‘प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक लाखका दरले बजेट उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण