ट्राफिक नियमकाे पालना नगर्नेलाई धमाधम कारबाही
शनिबार, २१ चैत २०८२, १३ : ३२
सारांश
- काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियमको पालना गराउन कडाइ गरेको छ।
- ट्राफिक लाइटको बेवास्ता गरी रातो बत्तीमा सवारी साधन चलाउनेहरूलाई प्रहरीले कारबाही गरिरहेको छ।
काठमाडौँ । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाइ गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँमा ट्राफिक लाइटको पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही सुरु गरेको हो । शनिबार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरूलाई ट्राफिक प्रहरीले बिजुली बजारमा समातेर कारबाही गरेको हो ।
ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकीकन सवारी साधन चलाउनेहरू ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् ।
यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टि जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् । ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण