ए हजुर कता ?
सारांश
- लेखकले देशमा वैज्ञानिक शिक्षा, सुशासन र आर्थिक समृद्धिका लागि प्रभावकारी छलफलको आवश्यकता औंल्याएका छन्।
- गाउँको विकास, रोजगारी सिर्जना, पर्यटन र भौतिक पूर्वाधार निर्माणका लागि एकजुट भई लाग्नुपर्नेमा जोड दिइएको छ।
- भ्रष्टाचार अन्त्य गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र बिदेसिएका युवालाई स्वदेश फर्काउने उपाय खोज्न आग्रह गरिएको छ।
ए हजुर कतातिर ?
ए हजुर तपाईं कतातिर ?
छलफल चलाऊ यतातिर
बुर्जुवा शिक्षा फाली वैज्ञानिक शिक्षा ल्याउने
गरिब र धनीको शिक्षा एउटै बनाउने
५० वर्षदेखि भन्दै आको
अहिलेसम्म नि किन पुरा नभाको ?
गरौँ न यतातिर छलफल
बेकार केको हो खलबल ।
गाउँ बस्तीका
रित्ता घरका ताला कसरी खोल्ने ?
बाँदर–बँदेल कतातिर हुल्ने ?
उद्योग, व्यवसाय कहाँ–कहाँ खोल्ने ?
बिसौँ वर्ष नबन्ने पुल
बनाउन नपाउँदै भत्कने बाटो
गाडी नचढ्ने रोड
ज्यानै लानेखालका मोड
यस्ता विषयमा चलाऊ न छलफल
किन हामीले गरेको अलमल ?
पर्यटन विकास कसरी गर्ने ?
भोकाको पेट कसरी भर्ने ?
जलविद्युतको विकास गरी
उज्यालो नेपाल बनाउने कसरी ?
स्वास्थ्यको पहुँच हरेक जनतालाई
सबैलाई कानुन समान बनाई
रच्नुपर्यो नि सुन्दर देश
छलफल यतातिर चलाएको बेस ।
जडीबुटीको प्रशोधन गरी
खानी निकालौँ ढिलो नगरी
जनताको घर–घर पानीको धारा
खेतबारी सिञ्चित पारौँ न सारा
वन्यजन्तु धपाई, बजार खोजी
जनतालाई रोजगार रोजी–रोजी
वैदेशिक सम्बन्ध कस्तो हुने ?
रासन कसरी सस्तो पाउने ?
भ्रष्टाचार निर्मूल कसरी हुन्छ ?
समृद्धिले आकाश कसरी छुन्छ ?
गाउँघर हराभरा कसरी पार्ने
एकीकृत बस्ती विकास गरी
जोखिमयुक्त बस्तीहरू कतातिर सार्ने ?
छलफल चलाऊ न यतातिर
ए हजुर तपाईँहरू कतातिर ?
बन्द कारखाना कसरी खोल्ने ?
सुशासनयुक्त सरकार चलाई
जनतालाई मीठो कसरी बोल्ने ?
आर्थिक समृद्धि ल्याउने कसरी ?
आत्मनिर्भर बन्नुछ जसरी,
बिदेसिएका युवा देशमा फर्काइ
देश निर्माणमा लगाउने कसरी
सीमा सुरक्षा गर्ने कसरी ?
हत्या हिंसा दुर्व्यसनी कसरी हर्ने ?
छलफल चलाउनु पर्दैन र यता
तपाईँहरू लुखुर–लुखुर कता ?
ए हजुर, त्यता हैन अब आउनुस् न यता
गरौँ छलफल जुटाऊ न एकता ।
(ओली पूर्व संविधानसभा सदस्य हुन् ।)
कोटीगाउँ, डोटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण