पञ्जाबका कप्तान श्रेयसलाई २५ लाख जरिवाना, प्रतिबन्धको खतरा
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौँ खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरे पनि पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यर र पूरै टोली ठुलो जरिवानामा परेका छन्।
खेलका क्रममा निर्धारित समयभित्र ओभर पूरा नगरेको भन्दै कप्तान अय्यरलाई २४ लाख भारु जरिवाना गरिएको छ। यो सिजनमा पञ्जाबले गरेको दोस्रो ओभर–रेट अपराध भएकाले यस पटक कप्तानलाई मात्र नभई मैदानमा उत्रिएका पुरै ११ खेलाडी र इम्प्याक्ट प्लेयरलाई समेत सजाय दिइएको छ।
नियमअनुसार टोलीका अन्य सदस्यहरूलाई जनही ६ लाख भारु वा उनीहरूको म्याच फीको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, त्यति नै रकम जरिवाना गरिएको छ। आईपीएलको नियमअनुसार यदि अबको खेलमा पञ्जाबबाट पुनः यस्तै गल्ती दोहोरिएमा कप्तान श्रेयसलाई ३० लाख भारु जरिवानासहित एक खेलको प्रतिबन्ध लाग्नेछ। लिग चरणमा अझै १२ भन्दा बढी खेल बाँकी रहेकाले पञ्जाबका लागि अब गल्ती गर्ने कुनै ठाउँ बाँकी छैन।
जरिवानाको मारमा परे पनि श्रेयस अय्यरले ब्याटिङमा भने टोलीको सानदार नेतृत्व गरेका थिए। उनले मात्र २९ बलमा ५० रनको विस्फोटक इनिङ्स खेलेका थिए। विशेष गरी नेहल वाधेरासँगको ५९ रनको साझेदारी खेलको टर्निङ पोइन्ट सावित भयो।
चेन्नईले दिएको २०९ रनको विशाल लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर सहजै पूरा गर्दै महत्त्वपूर्ण जित हात पारेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण