मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एफए कप: आर्सनललाई स्तब्ध पार्दै साउथह्याम्पटन सेमिफाइनलमा

आइतबार, २२ चैत २०८२, ०४ : १५
आइतबार, २२ चैत २०८२

सारांश

  • साउथह्याम्पटनले आर्सनललाई २-१ गोल अन्तरले पराजित गर्दै एफए कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
  • खेलको ३५ औँ मिनेटमा रस स्टिवर्टले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए।
  • खेलको ८५ औँ मिनेटमा शिया चार्ल्सले निर्णायक गोल गर्दै साउथह्याम्पटनलाई जित दिलाएका छन्।

काठमाडौँ । इङ्लिस एफए कपको क्वाटरफाइनलमा साउथह्याम्पटनले आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा साउथह्याम्पटनले सुरुवाती अग्रता लिएको थियो । खेलको ३५ औँ मिनेटमा रस स्टिवर्टले गोल गर्दै घरेलु टोली साउथह्याम्पटनलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा साउथह्याम्पटन १–० ले अघि रह्यो ।

दोस्रो हाफमा आर्सनलले खेलमा फर्किने प्रयास गर्यो । खेलको ६८ औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।

खेल बराबरी तर्फ अघि बढिरहेका बेला ८५ औँ मिनेटमा शिया चार्ल्सले गोल गर्दै साउथह्याम्पटनलाई २–१ को निर्णायक अग्रता दिलाए । बाँकी समयमा आर्सनलले गोल फर्काउन नसकेपछि साउथह्याम्पटन विजयी भयो ।

यो जितसँगै साउथह्याम्पटन एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ भने आर्सनल क्वाटरफाइनलबाटै बाहिरिन पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप