प्युठानको ऐरावतीमा भीषण आगलागी, ९३ लाखभन्दा बढीको क्षति, दर्जनौँ पशुचौपाया मरे
सारांश
- प्युठानको ऐरावती गाउँपालिका-१ मा गएराति भएको भीषण आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
- आगलागीमा परी ठूलो संख्यामा पशुचौपाया मरेका छन् भने १३ स्थानीयको घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
- सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मंगलबार बिहान ७ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
प्युठान । प्युठानको ऐरावती गाउँपालिका वडा नं. १, छेडाघाटमा गएराति भएको भीषण आगलागीबाट करिब ९३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगलागीमा परी ठुलो संख्यामा पशुचौपाया समेत मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गएराति करिब ११:४५ बजे स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट आगो सुरु भएको थियो । हावाहुरीका कारण उक्त आगो हेर्दाहेर्दै बस्तीभरि फैलिएको थियो ।
आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाडवाङबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरी अधिकारीको कमाण्डमा ३० जना प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको अथक प्रयासपछि मंगलबार बिहान ७ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार आगलागीबाट १३ जना स्थानीयको घर, गोठ, नगद, खाद्यान्न र पशुचौपायामा क्षति पुगेको छ ।
आगलागीमा परी ५ वटा गोरु, ८७ वटा बाख्रा, एउटा बंगुर र ४ वटा कुखुरा जलेर मरेका छन् । ११ वटा घर र १४ वटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने भूपाल रोकाको २ लाख नगद र आधा तोला सुन, ओम बहादुर रेशमी मगरको ७१ हजार ५ सय नगद र रमेश घर्तीको ५० हजार नगद तथा आधा तोला सुन जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार ओम बहादुर रेशमी मगरको एउटा घर, दुई वटा गोठ र ३३ वटा बाख्रा जल्दा सबैभन्दा ठुलो क्षति पुगेको छ । यस्तै ईश्वरी राना, भूपाल रोका, घन बहादुर राना, र रमेश घर्तीको परिवार पनि नराम्ररी प्रभावित भएका छन् । देवान सिंह राना, बिकास राना, लक्ष्मण राना, गुमा रजाली, बल बहादुर रजाली, झबिन्द्र रजाली, देव बहादुर रजाली र डिला रजालीका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार आगलागीबाट जम्मा ९३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसिया १–० ले अगाडि, पानामाविरुद्ध सुरुवाती अग्रता
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण