कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएन
सारांश
- कलाकार सागर लम्साल 'बले' विरुद्ध बलात्कारको जाहेरी नपरेपछि प्रहरी अनुसन्धान अलमलिएको छ।
- सामाजिक सञ्जालको आरोपका आधारमा पक्राउ परेका लम्साललाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा राख्ने तयारी गरेको छ।
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेबाट बलात्कृत भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक)मा लामो स्ट्याटस लेखेकी थिइन् । सो स्ट्याटसको आधारमा पक्राउ परेका बले विरुद्ध बलात्कारको जाहेरी नै नपरेको हो ।
कलाकार लम्साल विरुद्ध पीडितको तर्फबाट जाहेरी नआएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक(एसपी) पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘संवेदनशील विषयमा प्रश्न उठेपछि पक्राउ गरिएको हो, तत्काल उहाँलाई होल्ड गरेर अनुसन्धान गर्छौँ ।’
जाहेर नआउन्जेल प्रहरीले उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा राख्ने तयारी गरेको छ । उनलाई तत्काल थुनामुक्त नगर्ने र आरोप लागेको विषयमा अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।
प्रमुख जिल्ला अधिकारीबाट सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद लिएर आरोपीलाई थुनामा राख्ने अधिकार प्रहरीलाई हुन्छ । लम्सालको हकमा प्रहरीले सोही तयारी गरिरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण