कङ्गोले अमेरिकाबाट तेस्रो देशका डिपोर्टीहरू स्वीकार गर्ने
सारांश
- कङ्गोले अमेरिकाबाट तेस्रो देशका नागरिकहरूलाई स्वीकार गर्ने नयाँ सम्झौता गरेको छ।
- यो व्यवस्थाअन्तर्गत डिपोर्टीहरूका लागि लाग्ने सम्पूर्ण खर्च अमेरिकाले व्यहोर्ने भएको छ।
- डिपोर्टीहरूलाई राख्नका लागि राजधानी किन्शासानजिकै आवश्यक संरचनाहरू तयार गरिएको छ।
वासिङ्टन डिसी । कङ्गोले अमेरिकाबाट तेस्रो देशका नागरिकहरू (डिपोर्टीहरू)लाई स्वीकार गर्ने नयाँ सम्झौता गरेको घोषणा गरेको छ । कङ्गो सरकारले आइतबार जारी गरेको वक्तव्यअनुसार, अप्रिल महिनादेखि डिपोर्टीहरूलाई कङ्गोमा ल्याइनेछ । यद्यपि कति सङ्ख्यामा स्वीकार गर्ने सहमति भएको हो भन्ने स्पष्ट गरिएको छैन ।
यस व्यवस्थाको सम्पूर्ण खर्च अमेरिकाले व्यहोर्ने र कङ्गो सरकारलाई कुनै आर्थिक भार नपर्ने बताइएको छ । डिपोर्टीहरूलाई राख्न राजधानी किन्शासानजिकै आवश्यक संरचनाहरू पनि तयार पारिएको बताइएको छ । यसअघि पनि अमेरिकाले घाना, क्यामरुन, गिनीलगायत अफ्रिकी देशहरूमा तेस्रो देशका डिपोर्टीहरू पठाउँदै आएको छ, जसप्रति कानुनी विशेषज्ञ तथा मानवअधिकार समूहहरूले आलोचना गर्दै आएका छन् ।
यो सम्झौता डोनाल्ड ट्रम्पको प्रशासनले कङ्गो र रुवान्डाबिच शान्ति सम्झौता अघि बढाउने प्रयास तथा कङ्गोका महत्त्वपूर्ण खनिज स्रोतहरूमा अमेरिकी पहुँच सुनिश्चित गर्ने पहलसँग पनि सम्बन्धित मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण