सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अदालत

केपी ओलीको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

आइतबार, २२ चैत २०८२, १७ : ४१
आइतबार, २२ चैत २०८२

सारांश

  • पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
  • जेनजी आन्दोलनको छानबिनका लागि बनेको आयोगको सिफारिसमा उनीहरूलाई चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो।

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

सर्वोच्च अदालतले कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आइतबार(चैत २२) गतेका लागि पेसी तोकिएको थियो । तर सुनुवाइ नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । 

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते निवेदन दर्ता गराएकी थिइन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप