सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

महान्यायाधिवक्ता कडेलले लिए शपथ

आइतबार, २२ चैत २०८२, १८ : १६
आइतबार, २२ चैत २०८२

सारांश

  • महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • उनले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल समक्ष शपथ ग्रहण गरेका हुन्।
  • राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार उनले  कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल समक्ष  शपथ लिएका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बागलुङका कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप