सर्वोच्चका शाखा अधिकृत महिमान सिंह विष्ट लिखित सम्बन्धी कसुरमा दोषी ठहर
सारांश
- सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट लिखित सम्बन्धी कसुरमा दोषी ठहर भएका छन्।
- काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको इजलासले विष्टलाई दोषी ठहर गरेको हो।
- दोषी ठहरिएका विष्टको सजाय निर्धारणका लागि अर्को इजलासमा मुद्दा पेस गरिनेछ।
काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट लिखित सम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जिल्ला अदालतल काठमाडौँका न्यायाधीश खिमानन्द भुषालको इजलासले आइतबार विष्टलाई लिखित सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो । दोषी ठहर भएका विष्टलाई सजाय निर्धारणका लागि अर्को इजलासमा पेस गरिनेछ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने गरेपछि विष्टलाई प्रहरीले २०८२ बैशाख १९ गते पक्राउ गरेर अनुसन्धानपछि जिल्ला अदालतमा लिखित कसुरमा मुद्दा दर्ता गरेको थियो ।
उनीविरुद्ध मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ सँग सम्बन्धित कसुरमा अनुसन्धान भएको थियो । मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ अनुसार अदालतको फैसला र आदेश किर्ते गर्न मिल्दैन । सो कसुर गर्नेलाई ८ वर्ष कैद र ८० हजार जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण