बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

टिम डेविडको विस्फोटक ब्याटिङमा बेंगलुरुको कीर्तिमानी स्कोर

आइतबार, २२ चैत २०८२, २१ : ५६
आइतबार, २२ चैत २०८२

बेंगलुरु । रोयल च्यालेन्जर्स बेंगलुरुले चिन्नास्वामी स्टेडियममा इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सिजनकै सबैभन्दा ठुलो स्कोर बनाएको छ ।

आइतबार चेन्नई सुपर किंग्सविरुद्ध भएको खेलमा बेंगलुरुले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २५० रनको विशाल योगफल तयार पारेको हो । 

बेंगलुरुको कीर्तिमानी स्कोरमा टिम डेविडले विस्फोटक ब्याटिङ गरे। उनले मात्र २५ बलमा ८ छक्कासहित ७० रनको अविजित पारी खेले। यस्तै, कप्तान रजत पाटीदारले ४८ रन बनाए भने देवदत्त पडिक्कलले ५० रनको महत्त्वपूर्ण योगदान दिए। 

एक समय ११ ओभरको समाप्तिमा २ विकेट गुमाएर ९८ रन मात्र बनाएको बेंगलुरुले अन्तिम ९ ओभरमा आक्रामक ब्याटिङ गरेको थियो। पाटीदार, पडिक्कल र डेविडले अन्तिम ९ ओभरमा १५२ रन जोडेर टोलीलाई विशाल स्कोरसम्म पुर्‍याएका हुन्। 

चेन्नईका लागि अंशुल कम्बोज, जेमी ओभर्टन र शिवम दुबेले समान १–१ विकेट लिए ।

यसैबिच भर्खरै जवाफी ब्याटिङ थालेको चेन्नईले पहिलो ओभर नसकिँदै पहिलो विकेट गुमाएको छ । ऋुतुरात गायकवार्ड ३ बलमा मात्र ७ रन बनाएर आउट भएका हुन् । त्यस्तै ३ बलमा मात्र १ रन बनाएर आयु म्हात्रे पनि पेभेलियन फर्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप