भक्तपुर प्रहरीद्वारा ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ
सोमबार, २३ चैत २०८२, ०० : ४८
सारांश
- भक्तपुर प्रहरीले स्वीप अप्रेसन चलाएर एकै दिन ३० जनालाई पक्राउ गर्यो।
- पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरियो।
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा आइतबार ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।
प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भने, “स्वीप अप्रेसनमा आइतबार ३० जना पक्राउ गर्यौँ, हिजो ६० जना पक्राउ गरेका थियौँ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ ।”
उनले विभिन्न घट्नमा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै स्वीप अप्रेसन जारी राखेको बताए । सार्वजनिकस्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण