बागमती प्रदेशसभा अधिवेशन आह्वान
सारांश
- बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते दिउँसो ४ बजे बस्ने गरी आह्वान गरिएको छ ।
- प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अधिवेशन आह्वान गरेका हुन् ।
- विभिन्न कारणले विगत ८ महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।
हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
जसअनुसार प्रदेश सभा बैठक मंगलबार दिउँसो ४ बजे बस्नेछ । यसअघि प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो ।
संसदको वर्षे अधिवेशन अन्त्य भएको ५ महिना पछि सरकारले हिउँदे अधिवेशन आह्वान भएको हो । गत मंसिर ३ मा प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले संसदको चालु वर्षे अधिवेशन अन्त्य गरेका थिए । जेनजी आन्दोलन र विपद्को कारण सरकारले प्रदेशसभा बैठक बोलाउन नसक्दा विगत ८ महिना प्रदेशसभा बैठक बस्न सकेको थिएन । गत साउन २७ मा प्रदेशसभाको अन्तिम बैठक बसेको थियो ।
त्यस लगत्तै भएको जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, सभा हल सहितका प्रदेशका विभिन्न संरचना जलेपछि बैठक सञ्चालन अन्योल बनेको थियो । जेनजी आन्दोलन कै बिचमा प्रदेशसभाका तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा घोषणा गरेका थिए ।
उनले असोज १ गते प्रदेशसभामा लिखित राजीनामा पेस गरेका थिए । बैठक सञ्चालन नगरी मंसिर ३ मा हाउस अन्त्य गर्ने सरकारको निर्णय पछि प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले सार्वजनिक सूचना जारी गर्दै सभामुखको राजीनामा बारे सांसदहरूलाई जानकारी गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण