कसैले पनि ‘छेडखानी’ गर्ने हिम्मत नगर्ने वातावरण निर्माण होस् : गणेश पराजुली
सोमबार, २३ चैत २०८२, १४ : ०२
सारांश
- सांसद गणेश पराजुलीले नयाँ प्रतिनिधि सभामा कानुन निर्माण गर्दा कुनै पनि प्रकारको छेडखानी हुन नहुने बताएका छन्।
- उनले सांसदहरूले उठाएका विषयहरू बजेटमा समावेश हुने र मन्त्रीको घर धाउनु नपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नयाँ प्रतिनिधि सभाले कसैले पनि ‘छेडखानी’ गर्ने हिम्मत नगर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद पराजुलीले अघिल्लो संसद्मा सदनले कानुन बनाउँदा छेडखानी भएर छानबिन समिति बनाउनु परेको तितो यथार्थ रहेको भन्दै अब त्यस्तो अवस्था आउन दिन नहुने बताएका छन् ।
उनले सदनमा सांसदले उठाएका सबै विषयको सम्बोधन हुने वातावरण निर्माण, प्रि बजेटबारे समयमै छलफल र सांसदले उठाएका विषय बजेटमा समावेश हुनुपर्ने बताए ।
उनले सांसदहरू आफ्ना योजना पूरा नभएको भन्दै मन्त्रीको घर चाहर्न नपर्ने वातावरण निर्माण हुनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण