कुनै पनि दललाई भेदभाव गर्दिनँ, तटस्थ र समन्वयकारी भूमिका निर्वाह गर्छु : सभामुख अर्याल
सोमबार, २३ चैत २०८२, १४ : ३०
सारांश
- सभामुख डोलप्रसाद अर्यालले आफूले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
- उनले सभामुखको आसनबाट दलगत आधारमा कुनै पनि दललाई भेदभाव नगर्ने स्पष्ट पारेका छन्।
- सदनलाई प्रभावकारी र जनमुखी बनाउन महत्त्वपूर्ण कानुन निर्माण तथा परिमार्जनमा जोड दिनुपर्ने उनले बताएका छन्।
काठमाडौँ । सभामुख डोलप्रसाद(डीपी) अर्यालले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता जनाएका हुन् ।
उनले आफूले सभामुखको आसनबाट दलगत सहभागिताका आधारमा भेदभाव नगर्ने बताए । उनले सदनलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने दायित्व सदनको हुने समेत बताए ।
सदनबाट परिणाम प्राप्तिका लागि महत्त्वपूर्ण कानुन निर्माण परिमार्जन गर्न आवश्यक रहेको बताउँदै उनले संसद्लाई निष्क्रियता नभई कार्यसम्पादनको थलो बनाउनु आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण