कम्बोडियाका स्क्यामिङ सेन्टरबाट थप सात नेपालीको उद्धार
सारांश
- कम्बोडियाका अनलाइन स्क्यामिङ सेन्टरबाट थप सात नेपालीको उद्धार गरी सोमबार काठमाडौँ ल्याइएको छ।
- बैंककस्थित नेपाली राजदूतावासको पहलमा गैरकानुनी काममा लगाइएका र अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काइएको हो।
- दूतावासले प्रलोभनमा परेर भिजिट भिसामा कम्बोडियालगायतका देशमा रोजगारीका लागि नजान सबैलाई सचेत गराएको छ।
काठमाडौँ । कम्बोडियाका विभिन्न अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएका थप सात जना नेपाली नागरिकहरूको उद्धार गरिएको छ ।
बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएका उनीहरू सोमबार काठमाडौँ आइपुगेका हुन्। यसअघि पनि कम्बोडियाबाट दर्जनौँ नेपालीको उद्धार भइसकेको छ ।
विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँका अवैध केन्द्रहरूमा अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाउने गरिएको पाइएको छ। कतिपय नेपालीहरू भिसा अवधि सकिएर अलपत्र परेको र कम्पनीहरूले राहदानी समेत जफत गरिदिँदा समस्यामा परेको दूतावासले जनाएको छ। राहदानी हराएका वा जफत भएका नेपालीहरूका लागि दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल पर्मिट) जारी गरी स्वदेश फिर्तीमा सहजीकरण गरिरहेको छ ।
पछिल्लो समय कम्बोडिया जाने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको दूतावासको तथ्याङ्कले देखाएको छ । सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको छ ।
यसरी भिजिट भिसामा गएर अलपत्र पर्ने र ठगीमा पर्ने क्रम बढेपछि दूतावासले छिटो र धेरै पैसा कमाउने लोभमा परेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा भ्रमणको बहानामा रोजगारीका लागि नजान सचेत गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण