पाकिस्तानी ‘चायवाला’ बारे पाकिस्तानी मिडियाले खोल्यो यस्तो रहस्य !
इन्टरनेटले निकै छोटो समयमा नै कसैलाई चर्चाको शिखरमा पुर्याइदिन्छ । यसबारे अरसदलाई भन्दा बढि कसलाई थाहा होला र ? अरसद खान ती चायवाला हुन् जसको फोटो सोसल साइटमा सार्वजनिक भएपछि रातारात चर्चित बनेका थिए । उनले मोडलिङका विभिन्न सम्झौतामा हस्ताक्षर पनि गरे ।
अहिलेसम्म हामी उनलाई पाकिस्तानी नागरिक भनेर चिन्ने गर्दछौं तर उनलाई जे भनेर सार्वजनिक गरिएको थियो, त्यो उनी नभएको पुष्टि भएको छ । उनी पाकिस्तानी नभई अफगान नागरिक भएको बताइएको छ ।
पाकिस्तानी न्यूज च्यानल जियो न्यूजले अरसद अफगानी नागरिक भएको दाबी गरेको छ । नेशनल डाटाबेस एण्ड रजिस्ट्रेशन अथोरिटी (एनएडिआरए) मा उनीबारे दिइएको जानकारी उद्धृत गर्दैै जियो न्यूजले यस्तो दाबी गरेको बताएको छ ।
असरदमाथि राष्ट्रिय परिचय पत्र र पासपोर्ट पाउनका लागि नक्कली कागजात प्रस्तुत गरेको आरोप लागेको छ । अरसदमाथि शंका गर्ने विभिन्न प्रमाण भेटिएपनि उनले आफ्नो सेलिब्रिटी स्टेटसले पासपोर्ट पाउन सफल भए ।
यद्यपी, अरसदले आफूमाथि लागेको आरोपलाई खण्डन गरेका छन् । उनले इस्लामावादस्थित एनएडिआरएको अफिसमा राष्ट्रिय परिचय पत्र लिइरहेको तस्बिर पनि सार्वजनिक गरे ।
अरसदको दाबी अनुसार उनको परिवार खाइबर–पखतुन्ख्वा प्रान्तको मार्दानमा बस्ने र उनको बुवा पाकिस्तानी पंजाबको सार्गोदामा बस्छन् । उनको घर इस्लामावाद नजिकै भएको र आफू परिवारसँगै बसिरहेको उनले बताएका छन् । यद्यपी, उनले आफ्नो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण पेश गरेका छैनन् र परिचयपत्र लिइरहेको तस्बिर हालिएको उनको फेसबुक अकाउन्ट पनि डिलिट गरिएको छ ।
यद्यपी, पाकिस्तानका राजदूत डा. ओमार जाखिलवालाले अरसद अफगानी नै भएको दाबीसहित ट्वीट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण