बागमती प्रदेशसभाको बैठक मङ्गलबारदेखि, अस्थायी हलमा तयारी पूरा
सारांश
- बागमती प्रदेशसभाको बैठक मंगलबार दिउँसो ४ बजे हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको अस्थायी हलमा बस्दैछ।
- जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेशसभा सचिवालयको भवन मर्मत गरी हाललाई दुई स्थानबाट कार्यसम्पादन गर्न लागिएको छ।
- मंगलबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन, शुभकामना मन्तव्य र नयाँ सभामुख चयनको प्रक्रियाबारे छलफल हुनेछ।
मकवानपुर । बागमती प्रदेशसभा बैठक मंगलबार दिउँसो ४ बज बस्दैछ । हेटौँडा–२ स्थित हेटौँडा उपमहानगरपालिका परिसरमा निर्माण भएको मुख्ययन्त्री सभा हलमा बैठक बस्ने तय भएको हो ।
जेनजी आन्दोलनको क्रममा प्रदेशसभा सचिवालय सहित सभाहल र प्रदेश सरकारका संरचनाहरू जलेपछि प्रदेशसभा बैठक समेत प्रभावित बनेको थियो । साउन २७ मा बसेको प्रदेशसभा बैठक त्यस यता बस्न सकेको थिएन ।
जेनजी आन्दोलनमा जलको उक्त भवनको सामान्य मर्मत गरेर प्रदेशसभा बैठक बस्ने तयारी गरेको बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईँले बताइन् ।
सभामुख रिक्त रहेको अवस्थामा सभा सञ्चालन तथा सचिवालय र हल व्यवस्थापनको काममा उपसभामुख चापागाईँ सक्रिय रहेकी छिन् । जेनजी आन्दोलनको क्रममा तत्कालीन सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा घोषणा गरी असोज १ मा लिखित राजीनामा दिएका थिए भने उनको राजीनामा बारे संसद् अधिवेशन अन्त्य भएपछि मंसिर ४ मा सूचना जारी गरिएको थियो ।
सो अवस्थामा लामो समयको अन्तरालपछि प्रदेशसभाको गतिविधि पुनः सुचारु गर्ने तयारी भएको उपसभामुख पाठकले बताइन् । बिहीबार हेटौँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभामुख चापागाईँले जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा क्षति पुगेका कारण भोलिदेखिको बैठक हेटौँडा नगरपालिकाको परिसरभित्र रहेको अस्थायी हलमा सञ्चालन गर्न लागिएको उनको भनाई छ । उपसभामुख चापागाईँका अनुसार साविकको प्रदेशसभा सचिवालय भवन जलेर नष्ट भएकाले हाललाई दुई स्थानबाट कार्यसम्पादन गरिनेछ ।
‘पुरानो सचिवालय भवनमा मर्मत सम्भार गरेर सचिवालय, संसदीय दलका कार्यालय र सुरक्षाकर्मी बस्ने व्यवस्था मिलाइएको छ ।’ उनले भनिन्, ‘भवन निर्माण नहुञ्जेलसम्मका लागि नगरपालिकाको हललाई अस्थायी बैठक स्थलका रूपमा प्रयोग गरिनेछ । नयाँ ठाउँमा बैठक बस्नका लागि आवश्यक माइक प्रणाली भाडामा ल्याइएको र आन्तरिक मामिला मन्त्रालयबाट जेनेरेटरको व्यवस्था गरिएको छ । सचिवालयले आवश्यक टेबुल, कुर्सी र पर्दा जस्ता सामग्रीहरू खरिद गरी बैठकको तयारी पूरा गरेको छ ।’
बैठकका कार्यसूची र एजेन्डाहरू
मंगलबार दिउँसो ४ बजेका लागि प्रदेशसभाको बैठकको कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्नेछ । संसद् बैठक अघि दिउँसो १ बजे सर्वदलीय बैठक र २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको उपसभामुख चापागाईँले बताइन् ।
मंगलबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गरिने, नियमावली अनुसार सभा सञ्चालनका लागि सदस्यहरूको मनोनयन गरिने र ६ वटा राजनीतिक दलका प्रमुख नेताहरूले शुभकामना मन्त्रालय दिने कार्यक्रम रहेको छ ।
सो बाहेक कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार अघि बढिने उनले बताए । बैठक सञ्चालनका लागि प्रदेशका सदस्यहरूले आफ्नो क्षेत्रका समस्या राख्नका लागि ‘विशेष समय’ उपलब्ध गराउने एजेन्डा रहेको उनले बताइन् ।
उनका अनुसार प्रदेशसभाको आगामी बैठकहरूमा सवारी तथा यातायात व्यवस्था ऐनको उत्तर विधायिकी परीक्षण प्रतिवेदन पेस हुने, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने, प्रदेश लोकसेवा आयोग र आदिवासी जनजाति आयोगका वार्षिक प्रतिवेदनहरू पेस गर्ने एजेन्डा रहेको उनले बताइन् ।
आगामी बैठकले सभामुखले राजीनामा दिएका कारण रिक्त रहेको पदमा नयाँ सभामुख चयनको प्रक्रिया पनि अघि बढाउन सक्ने उपसभामुख चापागाईँले बताइन् । मंगलबारको सर्वदलीय बैठकको सहमति अनुसार सभामुख चयनको कार्यसूची तय हुन सक्ने उनको भनाई छ । सर्वदलीय बैठकको निर्णय अनुसार सभामुखको निर्वाचनको सूचना जारी हुने उनले बताइन् ।
संविधानतः सभामुख रिक्त रहेको अवस्थामा संसद् बैठक सञ्चालन भएको १५ दिन भित्र नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण