शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल अनिवार्य देखाउनुपर्ने

सोमबार, २३ चैत २०८२, २० : १८
सोमबार, २३ चैत २०८२

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल पनि अनिवार्य देखाउनु पर्ने व्यवस्था गरेको छ । 

वैदेशिक रोजगार  विभागले सोमबार सूचना जारी गर्दै २९ चैतदेखि यस्तो व्यवस्था लागु हुने जानकारी दिएको हो । यो व्यवस्था व्यक्तिगत र म्यानपावर कम्पनीमार्फत जाने दुवै श्रमिकका हकमा लागु हुने विभागले जानकारी दिएको छ ।

त्यस्तै, विभागले म्यानपावर कम्पनीमार्फत जाने श्रमिकले आफूले तिरेको सेवा शुल्कको आधिकारिक रसिद पनि साथमा राख्नु पर्ने जनाएको छ । 

विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट लिएको रकमको भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ । विभागले यो व्यवस्था श्रमिकको पारदर्शिता र ठगी नियन्त्रणका लागि लागू गरिएको जनाएको छ।

bai

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप