सुनका गहना बनाउने बहाना गरेर १ करोड २० लाख ठगेको आरोपमा बाबु–छोरा पक्राउ
सारांश
- सुनका गहना सस्तोमा बनाइदिने भन्दै १ करोड २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बाबु–छोरालाई पक्राउ गरेको छ।
- पक्राउ परेका उनीहरूले टिकटकमा प्रचार गरेर मानिसहरूको सुन लिएपछि पसल बन्द गरी सम्पर्कविहीन भएका थिए।
काठमाडौँ । सुनका गहना सस्तोमा बनाइदिने बहाना गरेर ठगेको आरोपमा प्रहरीले बाबु–छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–६ घर भएर टेकु बस्ने ५१ वर्षीय जीवन कुमार ठाकुर र उनका छोरा २७ वर्षीय निहाल ठाकुर छन् ।
उनीहरूलाई आइतबार बसुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए । आरोपीहरूले १ करोड २० लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
न्यूरोडमा उनीहरुले १५ वर्षदेखि स्वर्ण संसार नामको सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । ८ महिनाअघि सो सुनचाँदी पसल बन्द गरे सम्पर्क विहीन भएको एसपी भट्टले बताए । सामाजिक सञ्जाल टिकटकमा पुराना सुनचाँदीका गहनालाई नयाँ डिजाइनमा बनाउने र सस्तो मूल्यमा बनाउने प्रचार गर्दै उनीहरुले अर्काको सुन लिएर सम्पर्क विहीन हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पीडितहरूलाई उनीहरुले चेक दिएर विश्वासमा पार्ने गरेको भेटिएको छ ।
अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा अनुसन्धानको लागी जीवन कुमार ठाकुरलाई ललितपुर परिसर र निहाललाई प्रहरी वृत्त जनसेवामा पठाएको छ ।
जीवन विरुद्ध प्रहरी वृत्त जनसेवामा ३ वटा बैंकिङ कसुरको मुद्दा र १० वटा ठगी सम्बन्धी जाहेरी दर्ता भएको रेकर्ड फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
-
तिलिचो भक्ति यात्रा सम्पन्न
-
हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो
-
‘जाइन्ट किलर’ साउदीको चुनौती, दबाबमा स्पेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण