प्रदेश सरकार खर्च कटौती र सुशासनको कार्ययोजना बनाएर अघि बढेकाे छ : मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार खर्च कटौती र सुशासनको कार्ययोजना बनाएर अघि बढेकाे बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तर सम्वादमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले अनावश्यक प्रशासनिक खर्च घटाउने कार्य अन्तिम चरणमा पुगेको बताए ।
प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय कायम गर्ने गरी तयारी भइरहेको उनले बताए । मुख्यमन्त्री बानियाँले प्रशासनिक खर्चलाई मितव्ययी र सुशासनयुक्त प्रदेश निर्माणका लागि ७०१ जना कर्मचारी कटौती गर्ने र अनावश्यक बोर्ड, समिति र सात वटा निर्देशनालयमध्ये पाँँच वटा खारेज गर्ने प्रक्रिया अघि बढाइएको बताए । प्रदेशको ढुकुटीबाट पैसा खर्चेर मन्त्री र कर्मचारीहरु बैदेशिक भम्रणमा जान नपाउने कडा नीति समेत प्रदेश सरकारले अवलम्बन गरेको उल्लेख गरे ।
आगामी आर्थिक वर्षको बजेटलाई पूर्ण रुपमा नतिजामुखी र राजस्व सङ्कलनमा केन्द्रित बनाउने बताउदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले वितरणमुखी कार्यक्रम भन्दा उत्पादन र आयआर्जनलाई प्राथमिकता दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण