शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

चिट चोराउने नयाँ तरिका : वाट्सएप, भाइवर र म्यासेन्जरको प्रयोग

मङ्गलबार, २४ चैत २०८२, १३ : ०३
मङ्गलबार, २४ चैत २०८२

सिराहा । एसईई परीक्षामा शिक्षक तथा अभिभावकले चिट चोराउने नयाँ तरिका अपनाएको पाइएको छ ।

परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहिर रहेका शिक्षक तथा अभिभावकलाई म्यासेज पठाई प्रश्नपत्र आउट गर्ने गरिएको पाइएको हो ।

उक्त प्रश्नपत्रका आधारमा उत्तर समेत तयार गरी पुनः भाइवर वा म्यासेन्जरबाटै परीक्षा केन्द्रमा विद्यार्थीलाई पठाउने गरिएको पाइएको हो । एसईई परीक्षाको पहिलो दिन देखिनै सिरहाको विभिन्न परीक्षा केन्द्रमा भाइवर र म्यासेन्जरमार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमबाट उत्तर विद्यार्थीसम्म उत्तर पठाउने तरिका अपनाइएको पाइको एक शिक्षकले बताए ।

सिरहाको गोलबजा मिर्चैया लहान जमदह चोहर्वा सिराहा सदरमुकाम फुलबरिया लगायत जिल्लाका विभिन्न परीक्षा केन्द्रमा मोबाइलको भाइवर र म्यासेन्जरबाट चिट चोराउने तरिका अपनाइएको छ ।

यस वर्ष सिरहामा ५१ वटा परीक्षामा केन्द्र निर्धारण गरिएको छ।  कुल ११ हजार ३७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। जसमा साधारणतर्फ १० हजार ६२५ र प्राविधिकतर्फ ४१२ जना रहेका छन्। परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप