सांसद आकृति अवस्थीको प्रश्न : विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई ताकी ताकी गोली हान्ने व्यवस्था कुन कानुनमा छ ?
मङ्गलबार, २४ चैत २०८२, १३ : ५१
सारांश
- सांसद आकृति अवस्थीले विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई गोली हान्ने अधिकार कसैलाई नभएको बताएकी छन्।
- उनले कुन कानुनमा टेकेर विद्यार्थीमाथि गोली चलाउने व्यवस्था गरिएको छ भनी सरकारलाई प्रश्न गरेकी छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई ताकी ताकी गोली हान्ने व्यवस्था कुन राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनमा गरिएको छ भनेर प्रश्न गरेकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा उनले विद्यालय र कलेजको पोसाकमा रहेका विद्यार्थीलाई ताकी ताकी गोली हान्ने अधिकार कसैलाई नरहेको बताइन् ।
अवस्थीले जेनजी आन्दोलनमा मारिएकाहरूको रगतमा छापिएको मतपत्रमा मत पाएर यहाँ आएका सांसदहरूले उनीहरूले उठाएका भ्रष्टाचारको अन्य, सुशासन स्थापनालगायतका विषयमा काम गरेर देखाउनु पर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण