उतारचढाब बिच सामान्य अंकले घटेर बन्द भयो सेयर बजार, कारोबार रकममा उच्च गिरावट
सारांश
- मंगलबार नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० विन्दुमा बन्द भएको छ।
- बजारमा कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेर ६ अर्ब ७३ करोडमा सीमित भएको छ।
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेर बन्द भएको छ।
यो दिन बजारमा कुल ३४५ वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ८१ हजार ५८२ पटकको कारोबार मार्फत कुल ६ अर्ब ७३ करोड रुपैयाँमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन १० अर्ब रहेको कारोबार आज ह्वात्तै घटेको हो ।
आज बैंकिङ, होटल, हाइड्रोपावर र अन्य समूहका सूचक बाहेक अरु सबै सूचक घटेका छन् ।
कुल कारोबारमा १७५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ८२ वटा कम्पनीको मूल्य बढेको छ। १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
बजार ओरालो लागे पनि केही जलविद्युत र अन्य कम्पनीका लगानीकर्ताले उल्लेख्य कमाएका छन् । भुजुङ, सुपर खुदी र स्वेतगंगा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, रिज इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेष्ट इनको मूल्य पनि करिब सर्किट लेभलमा बढेका छन् । समग्रमा बजार घटे पनि कुनै एनआईबीएल ग्रोथ फण्डबाहेक अरु स्क्रिपमा पाँच प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ ।
रकमका आधारमा आज ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो, जसको २४ करोड २२ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल २४ करोड २१ लाख र आँखुखोला जलविद्युत २३ करोड ५७ लाख पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण