प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै
बुधबार, २५ चैत २०८२, ०७ : ५६
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले आज सिंहदरबारमा विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दैछन्।
- यो भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनालसहित मन्त्रिपरिषद्का उच्च अधिकारीहरूको सहभागिता रहनेछ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा असीम शाहले बताए ।
भेटवार्ता दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो ।
भेटवार्तामा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण