कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक
सारांश
- सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनको परिचयपत्रका आधारमा कानुन व्यवसायीलाई सिंहदरबार प्रवेश गर्न रोक लगाएको छ।
- नेपाल बार एसोसिएसनले कानुन मन्त्रालय र गृह मन्त्रालयको उक्त निर्णयप्रति ध्यानाकर्षण गराएको छ।
- प्रशासकीय अदालतले कानुन व्यवसायीलाई अब नागरिक एपको सिंहदरबार गेट पासको आधारमा प्रवेश गर्न सूचना जारी गरेको छ।
काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनबाट जारी भएको कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । कानुन मन्त्रालयको परिपत्रका आधारमा गृह मन्त्रालयको निर्देशनमा कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको जानकारी आएको नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाले बताए ।
कानुन व्यवसायीहरूलाई २०४६ सालदेखि बार काउन्सिल र नेपाल बारको परिचयपत्रका आधारमा प्रवेश दिँदै आएको छ । सिंहदरबार भित्र प्रशासकीय अदालत समेत रहेकाले कानुन व्यवसायीका लागि प्रवेश अनिवार्य गरिएको थियो ।
साथै कानुन मन्त्रालय र गृह मन्त्रालय र संसदीय सुनुवाइ समितिमा पनि कानुन व्यवसायीहरूको उपस्थिति भइरहने भएकाले रोक लगाइएको थिएन । नयाँ सरकार आए लगतै कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ ।
कानुन मन्त्रालयको परिपत्रका आधारमा कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा रोक लगाएपछि नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले कानुन सचिव र गृह सचिवलाई ध्यानाकर्षण गराएको बताए । ‘कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा कडाइ गरिएपछि हामीले ध्यानाकर्षण गराएका छौँ,’ अध्यक्ष मिश्रले भने ।
नेपाल बारले महान्यायाधिवक्तालाई पनि कानुन व्यवसायीलाई रोक लगाएकोमा ध्यानाकर्षण गराएको छ । आज(बुधबार) नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीको सचिवालय र मुख्य सचिवलाई पनि ध्यानाकर्षण पत्र पठाउँदैछ ।
यसैबिच प्रशासकीय अदालतका रजिस्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानुन व्यवसायीको हकमा नागरिक एपको सिंहदरबार गेट पासका आधारमा प्रवेश गर्नुपर्ने जनाएका छन् । मुद्दाका पक्ष र वारेसले भने तारिख पर्चाको आधारमा प्रवेश पाउने व्यवस्था भएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण