‘एक्का तीन’मा पुष्पको जोडी पूजा
बुधबार, २५ चैत २०८२, ११ : ४६
सारांश
- आगामी जेठ महिनाबाट छायाङ्कनमा जाने तयारीमा रहेको फिल्म 'एक्का तीन'मा अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छानिएका छन्।
- रुपेश तामाङको निर्देशनमा बन्न लागेको यस एक्सन जनराको फिल्ममा एक नव-नायक र नव-नायिकालाई पनि समावेश गर्ने तयारी गरिएको छ।
काठमाडौँ । आगामी जेठ महिनाबाट छायाङ्कनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’ अभिनेत्री पूजा शर्माको जोडीको रूपमा अभिनेता पुष्प खड्का छानिएका छन् । निर्माण युनिटले बुधबार फिल्ममा पुष्प छानिएको जानकारी दिएको हो । फिल्म पूजा र पुष्प प्रेमीप्रेमीकाको रूपमा देखिनेछन् ।
फिल्म रुपेश तामाङले निर्देशन गर्न लागेका हुन् । फिल्मका लागि यसअघि पूजा फाइनल भएकी थिइन् । एक्सन जनरामा निर्माण हुने फिल्मबाट एक–एक जना नव–नायक र नव–नायिकालाई भित्राउने तयारी पनि गरिएको छ ।
सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन् ।
पुष्प र पूजाले फिल्म ‘३६ को आँकडा’मा पनि पर्दा शेयर गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेका यी दुईलाई दर्शकले ठूलो पर्दामा प्रतीक्षा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण