'प्रत्यक्ष र समानुपातिक सांसदमा किन विभेद ?'
बुधबार, २५ चैत २०८२, १३ : २९
१
सारांश
- नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले प्रत्यक्ष र समानुपातिक सांसदबीच सरकारले विभेद गरेको आरोप लगाएकी छन्।
- उनले प्रधानमन्त्रीले विकास निर्माणका विषयमा प्रत्यक्ष निर्वाचित सांसदसँग मात्र छलफल गरेको भन्दै आपत्ति जनाएकी छन्।
- सांसद हमालले केपी शर्मा ओली र रमेश लेखकको रिहाइको मागसमेत गरेकी छन्।
काठमाडौँ । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले सरकारले प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदबिच विभेद गरेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद हमालले प्रधानमन्त्री बालेन्द्र शाहले विकास निर्माणका विषयमा प्रत्यक्ष निर्वाचित सांसदसँग मात्रै छलफल गरेर विभेद गरेको बताइन् । उनले सांसदलाई समान रूपले हेर्न पनि माग गरिन् ।
सांसद हमालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहाइ गर्न पनि माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण