किसानले फेरि मलका लागि याचना गर्नुपर्ने अवस्था नआओस् : सांसद पाठक
बुधबार, २५ चैत २०८२, १३ : ४८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नहुने सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
- उनले विगतमा जस्तै किसानले मलका लागि याचना गर्नुपर्ने अवस्था नदोहोरियोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
किसान मुलुकका अन्नदाता भएको भन्दै उनले विगतमा जस्तै खेतीको समयमा मलका लागि याचना गर्नुपर्ने अवस्था फेरि आउन नहुने बताए। उनले भने, ‘किसान हाम्रा अन्नदाता हुन्। विगतमा झैँ खेतीको समयमा किसानले रासायनिक मलका लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस्। यस वर्ष सरकारले के तयारी गरेको छ ? म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
सांसद पाठकले मल आपूर्तिका लागि सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन समेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण