न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निजी अस्पताललाई बागमती प्रदेश सरकारको निर्देशन
मकवानपुर । स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउन बागमती प्रदेश सरकारले निर्देशन दिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित सबै निजी तथा गैरसरकारी अस्पतालहरूलाई स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मन्त्रालय अन्तर्गत दर्ता तथा नवीकरण भएका विभिन्न अस्पतालहरूमा कार्यरत नर्सिङ स्टाफ र अन्य स्वास्थ्यकर्मीहरूले तोकिएको न्यूनतम पारिश्रमिक र सुविधा नपाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले श्रम ऐन, २०७४ को स्मरण गराउँदै श्रमिकका रूपमा कार्यरत व्यक्तिहरूलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चय कोष, र बिमा लगायतका सामाजिक सुरक्षा सम्बन्धी सुविधाहरू उपलब्ध गराउनुपर्ने स्पष्ट पारेको छ ।
यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरोकारवाला पक्षहरूबिच २०८२ कात्तिक १५ मा भएको सम्झौतालाई समेत पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको हो । कुनै स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधाबाट वञ्चित गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी समेत दिएको छ ।
मन्त्रालयले अस्पतालहरूको नियमित अनुगमन गर्ने र सो क्रममा तोकिएको व्यवस्था कार्यान्वयन नभएको पाइएमा आवश्यक कानुनी तथा प्रशासनिक कदम चाल्न मन्त्रालय बाध्य हुने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण