पक्राउ पुर्जी र इन्टरपोलको हल्लापछि बोले देउवा
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध भएको सम्पत्ति शुद्धीकरणको प्रचारलाई भ्रामक र झुटा भनेका छन्।
- देउवाले आफ्नो सम्पत्ति विवरण कानुनबमोजिम सम्बन्धित निकायमा पेस गरेको र आफ्नो जीवन खुला पुस्तक जस्तै रहेको बताएका छन्।
- हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले सुशासन कायम गर्न आफूले विगतमा गरेका कार्यहरूको स्मरण गराउँदै भ्रममा नपर्न आग्रह गरेका छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा बोलेका छन् ।
सम्पत्तिसम्बन्धी विषयमा प्रचारबाजीलाई उनले 'भ्रामक र झुटा भनेका छन् ।
देउवाले बुधबार साँझ फेसबुकमा नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको उल्लेख गरेका छन् । 'म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,' उनले लेखेका छन् ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि आफूले सिंगो जीवन संघर्षमै व्यथित गरेको देउवाले बताएका छन् । आफ्नो जीवन एउटा खुला पुस्तकका रुपमा रहेको उनको भनाइ छ ।
बरु भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न २०४८ सालमा गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गर्न आफूले अग्रसरता लिएको उनले पोस्टमार्फत स्मरण गराए ।
हाल आफू स्वास्थ्य उपचारका निम्ति विदेशमा रहेको र अझै उपचार क्रम जारी रहेको जानकारी गराउँदै देउवाले वास्तविकता समयक्रमसँगै खुल्दै जाने लेखेका छन् । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न उनको अपिल छ ।
सरकारले देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण प्रक्रिया सुरु गरेपछि सामाजिक सञ्जालमार्फत उनको धारणा आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मानिसमा पढ्ने बानी घट्दै गएकोमा प्रहरी महानिरीक्षक कार्कीको चिन्ता
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण