सशक्त कथावस्तु भएकोले ‘राम नाम सत्य’मा जोडिए : आयुष सिंह ठकुरी
सारांश
- टिकटकर आयुष सिंह ठकुरी माइकल चन्दद्वारा निर्देशित फिल्म 'राम नाम सत्य' मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् ।
- यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ जसमा आयुषले आफ्नो भूमिका दर्शकका लागि विशेष रहने बताएका छन् ।
- सस्पेन्स-थ्रिलर जनराको यस फिल्मको सिक्वेल पनि बन्ने र त्यसमा आफ्नो भूमिका अझै ठूलो हुने आयुषले खुलासा गरेका छन् ।
काठमाडौँ । टिकटकबाट फिल्मी क्षेत्रमा होमिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । यस्तैमा टिकटकर आयुष सिंह ठकुरी पनि फिल्ममा देखिँदै छन् । माइकल चन्दको लेखन तथा निर्देशन रहेको फिल्म ‘राम नाम सत्य’ मार्फत आयुष फिल्ममा देखिन लागेका हुन् । फिल्म शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ ।
फिल्मका पहिलेदेखिनै अफर भएपनि ‘राम नाम सत्य’को सशक्त कथावस्तु पाएको कारण अभिनयमा होमिएको उनले बताए । ‘फिल्मको कथाले मलाई तान्यो । फिल्ममा मेरो भूमिका दर्शकका लागि सरप्राइज हुनेछ’ उनले भने । ठकुरीका अनुसार फिल्म समसामयिक विषयवस्तुमा निर्माण भएको छ ।
टिकटकमा लाखौँ फलोअर्स कमाएका आयुषका लागि ती फ्यानहरूलाई हलसम्म पुर्याउनु एउटा चुनौती पनि हो । यद्यपि, उनले दर्शकहरू फिल्मप्रति निकै उत्साहित रहेको बताए ।
आयुषले फिल्म ‘राम नाम सत्य’को सिक्वेल पनि बन्ने खुलासा गरे । उनी भन्छन् , ‘पहिलो भागमा मेरो भूमिका धेरै छैन । दोस्रोमा हुनेछ ।’
सस्पेन्स–थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई उपेन्द्र शाही र स्वेता विमलीले निर्माण गरेका हुन् । फिल्ममा ठकुरीका अलवा बिराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनिल थापा, प्रशान्त ताम्राकार र खुसी कार्की लगायतका कलाकारको अभिनय छ । फिल्म हलले फिल्मको अग्रिम बुकिङ समेत बुधबारबाट खुलाएका छन् । जसमा फिल्मले करिब १४९ शो पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण