सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

हिरासतबाट छुटेपछि ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ

बिहीबार, २६ चैत २०८२, १३ : ४०
बिहीबार, २६ चैत २०८२

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन्।
  • उनले १३ दिनको हिरासत बसाइमा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी र उपचारमा संलग्न अस्पताल परिवारप्रति आभार प्रकट गरेका छन्।
  • ओलीले हिरासतमुक्त भएपछि घाइते भएका प्रदर्शनकारीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग राख्दै स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएका छन्।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । 

उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैर कानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेको भन्दै आफ्नो रिहाइका लागि आवाज उठाउनेहरूलाई आभार प्रकट गरेका छन् । 

उनले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञ रहेको बताएका छन् । 

साथै, ओलीले रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्ने र राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराएका छन् ।

ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने समेत जानकारी गराएका छन् ।

665702906_1697338814641465_369215154331831420_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप