वैदेशिक रोजगारीको प्रलोभन देखाई लाखौँ ठगी गर्ने तीन जना प्रहरी फन्दामा
सारांश
- वैदेशिक रोजगारीको प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले बुल्गेरिया, ग्रीस र बेलायत पठाइदिने बहानामा पीडितहरूबाट मोटो रकम असुलेका थिए।
- थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पक्राउ परेका तीनै जनालाई वैदेशिक रोजगार विभाग पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको लोभ देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बझाङ घर भई ललितपुर बस्ने नरेन्द्र बहादुर धमेना, कैलाली घर भई ललितपुर बस्ने दर्शना भण्डारी र रौतहट घर भई भक्तपुर बस्ने राजु प्रसाद कुसवाहा रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेकामध्ये २१ वर्षीय नरेन्द्रले बुल्गेरिया पठाइदिने बहानामा तीन जना पीडितबाट ४ लाख रुपैयाँ ठगी गरेका थिए।
त्यस्तै, २७ वर्षीया दर्शनाले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख रुपैयाँ र ५० वर्षीय राजु प्रसादले बेलायत पठाउने प्रलोभन देखाएर एक जना व्यक्तिबाट ४५ लाख १६ हजार ८९१ रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। पीडितहरूले आफूहरू ठगिएको भन्दै उजुरी दिएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।
पक्राउ परेका नरेन्द्रलाई काठमाडौँको भोटेबहालबाट मंगलबार नियन्त्रणमा लिइएको हो भने दर्शना र राजु प्रसादलाई बुधबार क्रमशः ललितपुरको महालक्ष्मी र काठमाडौँको दरवारमार्ग क्षेत्रबाट पक्राउ गरिएको हो। विदेश पठाउने नाममा मोटो रकम असुलेर फरार हुने उनीहरूमाथि थप अनुसन्धान आवश्यक देखिएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण