ब्वाँसो भागेपछि विद्यालय बन्द
काठमाडाैँ । दक्षिण कोरियामा चिडियाखानाबाट भागेको ब्वाँसो अझै नियन्त्रणबाहिर रहेपछि सुरक्षा चिन्ताले स्थानीय विद्यालय बन्द गर्नुपरेको छ । खोजी अभियान तीव्र बनाइए पनि जनसुरक्षालाई प्राथमिकता दिँदै अधिकारीहरूले सतर्कता बढाएका छन्।
सन् २०२४ मा जन्मिएको करिब ३० किलोग्राम तौलको नर ब्वाँसो बुधबार डेजिओन स्थित एक थिम पार्कको चिडियाखानाबाट भागेको थियो । यो सहर सियोलबाट करिब १५० किलोमिटर दक्षिणमा पर्छ । बिहीबारसम्म पनि ब्वाँसो नियन्त्रणमा नआएपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ।
यसै कारण नजिकै रहेको डेजिओन सान्सियोङ प्राथमिक विद्यालय बन्द गरिएको डेजिओन महानगर शिक्षा कार्यालयका प्रवक्ताले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय सञ्चालन रोकिएको हो ।
ब्वाँसोको खोजीका लागि अग्निनियन्त्रक, प्रहरी तथा सैन्य बलसहित ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । डेजिओन अग्नि मुख्यालयका एक अधिकारीका अनुसार बिहान ड्रोन क्यामेरा प्रयोग गरेर खोजी सुरु गरिएको थियो, तर लगातार वर्षा भएपछि त्यसलाई रोकिनुपरेको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार ब्वाँसोले जमिन खनेर चिडियाखानाको पर्खाल कमजोर बनाउँदै भाग्न सफल भएको देखिएको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा भने उक्त ब्वाँसो सडक क्षेत्रमा स्वतन्त्र रूपमा घुमिरहेको देखिएको छ, जसले सर्वसाधारणमा थप चिन्ता बढाएको छ ।
यसअघि पनि सन् २०२३ मा सियोलकै एक चिडियाखानाबाट भागेको ‘सेरो’ नामक जेब्रा विश्वव्यापी चर्चा बनेको थियो । उक्त जेब्रालाई पछि साँघुरो गल्लीमा नियन्त्रणमा लिएर सुरक्षित रूपमा पुनः घेरामा फर्काइएको थियो ।
अधिकारीहरूले अहिले पनि ब्वाँसो जीवितै सुरक्षित नियन्त्रणमा ल्याउने लक्ष्यसहित खोजी अभियान जारी राखेका छन् र सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण