इजरायलले हेजबुल्लाहमाथि आक्रमण जारी राख्ने
बिहीबार, २६ चैत २०८२, १६ : ०३
सारांश
- प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम सम्झौता भए पनि हेजबुल्लाहमाथि आक्रमण जारी रहने चेतावनी दिएका छन्।
- इजरायलले उत्तरका बासिन्दाहरू सुरक्षित नभएसम्म हेजबुल्लाह विरुद्धको कारबाही नरोक्ने स्पष्ट पारेको छ।
- इरानले लेबनानमा भइरहेको इजरायली आक्रमणलाई युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन भनेको छ।
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिका–इजरायलबिच युद्धविराम सम्झौता भएयता पनि हेज्बुल्लाहमाथि आक्रमण जारी राख्ने चेतावनी दिएका छन् ।
उक्त युद्धविराममा लेबनान समावेश छैन भनेर इजरायलले यसअघि नै घोषणा गरेको छ । तर इरानले चाहिँ लेबनानमाथि इजरायलको लगातार आक्रमण सम्झौताको गम्भीर उल्लङ्घन भनेको छ ।
‘हाम्रो सन्देश स्पष्ट छ, इजरायली नागरिकविरुद्ध जो कोही कार्य गर्छ, ऊ निशानामा पर्नेछ । जबसम्म उत्तरका बासिन्दाहरूलाई पूर्ण सुरक्षा प्रदान हुँदैन तबसम्म हामी हिज्बुल्लाहमाथि जहाँ आवश्यक छ, त्यहाँ आक्रमण जारी राख्नेछौँ,’ नेतन्याहुले भनेका छन् ।
उनको यो अभिव्यक्ति इजरायली रक्षा बल (आईडीएफ) ले हिज्बुल्लाहका सचिव नइम कासिमका भतिजा र निजी सचिव अलि युसुफ हर्षी मारिएको घोषणा गरेपछि आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण