इरानी राजदूतले किन हटाए अमेरिकी–इरान वार्तासम्बन्धी पोस्ट ?
बिहीबार, २६ चैत २०८२, १६ : १२
सारांश
- पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोग्हादामले सामाजिक सञ्जालबाट अमेरिकी-इरान वार्तासम्बन्धी पोस्ट हटाएका छन् ।
- राजदूतले आफ्नो पोस्टमा शनिबार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग वार्ता हुने उल्लेख गरेका थिए ।
- सो पोस्ट हटाउनुको कारणबारे राजदूतले कुनै स्पष्ट जानकारी दिएका छैनन् ।
तेहरान । पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोग्हादामले सामाजिक सञ्जाल एक्समा राखेको एउटा पोस्ट हटाएका छन् । यस पोस्टमा उनले इरानी प्रतिनिधिमण्डल आज पाकिस्तानतर्फ प्रस्थान गरिरहेको अनि शनिबार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग वार्ता गर्ने बताएका थिए ।
वार्ता इरानले प्रस्ताव गरेको १० बुँदे योजनामा आधारित हुने मोग्हादामले पोस्टमा भनेका थिए । यद्यपि,अमेरिकी र इरानी पक्षले ती बुँदाहरूको विषयमा फरक–फरक विवरण दिएका छन् । राजदूतले पोस्ट किन मेटिएको भन्ने स्पष्ट गरेको छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण