वस्तुमा एमआरपी र लेबल अनिवार्य उल्लेख नगरे कडा कारबाही
सारांश
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा वस्तुको मूल्य पारदर्शिता र उपभोक्ता अधिकार सुनिश्चित गर्न एमआरपी र लेबल सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ।
- आयातकर्ता र स्वदेशी उत्पादकहरूले वस्तुको प्याकेजिङमा मूल्य, ब्याच नम्बर, तौल र म्याद समाप्त हुने मिति स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
- नियमको पालना नगर्ने र लेबलमा उल्लेखित मूल्यभन्दा बढी असुल गर्ने व्यवसायीहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ।
काठमाडौँ । सरकारले बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न भन्दै अधिकतम खुद्रा मूल्य (एमआरपी) र लेबल सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक अत्यन्त जरुरी सूचना जारी गर्दै आयातकर्ता, उत्पादक, बिक्रेता र उपभोक्ताका लागि छुट्टाछुट्टै निर्देशन दिएको हो ।
विभागका अनुसार अबदेखि विदेशबाट आयात गरिने वस्तुको भन्सार विन्दुमै आयातकर्ताको विवरण र अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख भएको लेबल अनिवार्य रूपमा लगाउनुपर्नेछ । यसैगरी, स्वदेशी उद्योगहरूले पनि उत्पादनकै क्रममा वस्तुको प्याकेजिङमा मूल्य, ब्याच नम्बर, तौल र म्याद समाप्त हुने मिति स्पष्ट देखिने गरी लेबल लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
बिक्रेताहरू (थोक तथा खुद्रा) लाई लक्षित गर्दै विभागले स्पष्ट लेबल र एमआरपी उल्लेख नभएका कुनै पनि सामान खरिद–बिक्री नगर्न निर्देशन दिएको छ । कुनै पनि बहानामा लेबलमा उल्लेखित मूल्यभन्दा बढी रकम असुल गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
उपभोक्ताहरूलाई सचेत गराउँदै विभागले कुनै पनि वस्तु खरिद गर्नुअघि अनिवार्य रूपमा लेबल, मूल्य र उपभोग गरिसक्नुपर्ने म्याद हेरेर मात्र खरिद गर्ने बानी बसाल्न अनुरोध गरेको छ ।
बजार अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ बमोजिम सबै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूलाई आ–आफ्नो क्षेत्रमा निरीक्षण अधिकृत तोकी बजार अनुगमन गर्न अख्तियारी दिइएको छ । विभागले आफ्ना अनुगमन टोलीहरूले पनि बजारमा सक्रियता बढाएको र नियम उल्लङ्घन गर्नेलाई तत्कालै कारबाहीको दायरामा ल्याइने जनाएको छ ।
हालै जारी गरिएको यो सूचनामा उल्लेखित नियमहरूको पालना नगर्ने व्यवसायीहरूलाई प्रचलित कानुन बमोजिम जरिवाना तथा अन्य कानुनी कारबाही गरिने व्यहोरा प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण